सवारी साधनको स्वरूप परिवर्तन नगर्न कास्की प्रहरीको स्टिकर अभियान
काठमाडौँ । सवारी साधनको स्वरूप मोडिफाइ नगर्न आग्रह गर्दै प्रहरीले कास्कीमा ‘स्टिकर अभियान’ सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिसँगको सहकार्यमा सो अभियान सुरु गरेको हो ।
पोखरा महानगरपालिका–९ नयाँ बजार स्थित वर्कशप सञ्चालक, रिकन्डिसन र नम्बर प्लेट निर्माण स्थलमा मोडिफाइ गरेर सवारी चलाएमा कारबाही गर्नेबारे स्टिकर टाँसेर सचेतना अभियान सुरु गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
मोडिफाई गरिएका सवारी साधनले ध्वनि प्रदूषण गर्ने हुनाले त्यस्ता सवारी चलाउनेलाई कारबाही गर्नेबारे स्टिकरमा उल्लेख गरिएको छ । त्यस्ता सवारी चलाएमा पहिलोपटक पाटपुर्जा फेर्न लगाएर पुरानै अवस्थामा फर्काएर छाड्ने, दोस्रो पटक पनि मोडिफाइ गरेमा प्रहरीले यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ ।
शुक्रवार सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर स्टिकर टाँस्ने अभियान सुरु गरिएको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण