बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सवारी साधनको स्वरूप परिवर्तन नगर्न कास्की प्रहरीको स्टिकर अभियान

शुक्रबार, २३ चैत २०८०, १२ : ४९
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । सवारी साधनको स्वरूप मोडिफाइ नगर्न आग्रह गर्दै प्रहरीले कास्कीमा ‘स्टिकर अभियान’ सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिसँगको सहकार्यमा सो अभियान सुरु गरेको हो ।

पोखरा महानगरपालिका–९ नयाँ बजार स्थित वर्कशप सञ्चालक, रिकन्डिसन र नम्बर प्लेट निर्माण स्थलमा  मोडिफाइ गरेर सवारी चलाएमा कारबाही गर्नेबारे स्टिकर टाँसेर सचेतना अभियान सुरु गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।

मोडिफाई गरिएका सवारी साधनले ध्वनि प्रदूषण गर्ने हुनाले त्यस्ता सवारी चलाउनेलाई कारबाही गर्नेबारे स्टिकरमा उल्लेख गरिएको छ । त्यस्ता सवारी चलाएमा पहिलोपटक पाटपुर्जा फेर्न लगाएर पुरानै अवस्थामा फर्काएर छाड्ने, दोस्रो पटक पनि मोडिफाइ गरेमा प्रहरीले यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ ।

शुक्रवार सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर स्टिकर टाँस्ने अभियान सुरु गरिएको एसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप