नेपालभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी तथ्याङ्क सार्वजनिक गरिएको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत राखिएको तथ्यांकलाई अनुसन्धाकर्ताहरूले विश्लेषण गर्न सकिने बताइन् । त्यसका लागि उनले विज्ञ तथा विश्लेषकहरूलाई आह्वान समेत गरेकी छन् ।
यसअघिसम्म पालिकास्तरसम्मको तथ्याङ्क राख्ने गरिएको थियो । मन्त्री श्रेष्ठले एक महिने कार्य प्रगति सार्वजनिक गर्दै विद्यालय तहकै तथ्याङ्क राखिएको र नियमित अपडेट हुने बताइन् ।
प्लेग्रुपदेखि कक्षा १२ सम्मकै तथ्याङ्क राखिएको हो । प्रत्येक विद्यालयमा कति विद्यार्थी रहेको भन्ने जानकारी राखिएको हरेक समय विद्यालयतहबाटै उक्त अपडेट गर्ने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)