नेपालभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी तथ्याङ्क सार्वजनिक गरिएको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत राखिएको तथ्यांकलाई अनुसन्धाकर्ताहरूले विश्लेषण गर्न सकिने बताइन् । त्यसका लागि उनले विज्ञ तथा विश्लेषकहरूलाई आह्वान समेत गरेकी छन् ।
यसअघिसम्म पालिकास्तरसम्मको तथ्याङ्क राख्ने गरिएको थियो । मन्त्री श्रेष्ठले एक महिने कार्य प्रगति सार्वजनिक गर्दै विद्यालय तहकै तथ्याङ्क राखिएको र नियमित अपडेट हुने बताइन् ।
प्लेग्रुपदेखि कक्षा १२ सम्मकै तथ्याङ्क राखिएको हो । प्रत्येक विद्यालयमा कति विद्यार्थी रहेको भन्ने जानकारी राखिएको हरेक समय विद्यालयतहबाटै उक्त अपडेट गर्ने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण