२ जना मृत अवस्थामा फेला
शुक्रबार, २३ चैत २०८०, २० : १४
काठमाडौँ । धनुसा र चितवनमा दुई जना मृतावस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका-८ बलुवा टोलस्थित निर्माणाधिन घरको सेफ्टि ट्याङकीभित्र सोही घरमा काम गर्ने महोत्तरी लोहरपट्टि नगरपालिका-४ खुट्टा बस्ने ४० वर्षीय हरी साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा सोही ठाउँ बस्ने ५६ वर्षीय लिला परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।