सात जिल्लाका एसपी फेरिए, धनुषामा भुवनेश्वर तिवारी
शुक्रबार, २३ चैत २०८०, २१ : ०२

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपीहरुको काज सरुवा गरेको छ । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ ।
बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ । धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ ।
महोत्तरीमा श्याम राई कार्यरत थिए । सर्लाहीमा दयानिधी ज्ञवाली र धनुषामा मित्रबन्धु शर्मा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित