सात जिल्लाका एसपी फेरिए, धनुषामा भुवनेश्वर तिवारी
शुक्रबार, २३ चैत २०८०, २१ : ०२
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपीहरुको काज सरुवा गरेको छ । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ ।
बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ । धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ ।
महोत्तरीमा श्याम राई कार्यरत थिए । सर्लाहीमा दयानिधी ज्ञवाली र धनुषामा मित्रबन्धु शर्मा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण