उपनिर्वाचन
बझाङ प्रदेशसभा १ मा ३ जनाको उम्मेदवारी दर्ता
शनिबार, २४ चैत २०८०, १३ : ३८
काठमाडौँ । आगामी वैशाख १५ गते हुन लागेको बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार दिउँसो साढे १ बजेसम्म राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले रातोपाटीलाई जानकारी दिएका छन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता हुने क्रममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण