झडप
राजेन्द्र महतोको प्रदर्शनमा झडप : एक प्रहरीको अवस्था गम्भीर
शनिबार, २४ चैत २०८०, १५ : ४२
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । झडपका क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार घाइते हुनेमा ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी रहेका छन् । घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।
खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण