झडप
राजेन्द्र महतोको प्रदर्शनमा झडप : एक प्रहरीको अवस्था गम्भीर
शनिबार, २४ चैत २०८०, १५ : ४२
_fIIsPdRBcT.jpg)
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । झडपका क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार घाइते हुनेमा ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी रहेका छन् । घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।
खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन