यो इलामेली नागरिकको उम्मेदवारी हो : मिलन लिम्बु

इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् ।
लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी, तथा विपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याललगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै र्यालीसहित मनोनयन दर्ता गराउन गएका थिए ।
लिम्बुको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह–संयोजक सन्तोष श्रेष्ठ तथा समर्थकमा तेजकुमार श्रेष्ठ रहेका छन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा लिम्बुले आफ्नो उम्मेदवारी आफ्नो मात्रै नभएर नागरिकको उम्मेदवारी भएको बताए । ‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने ।
पूर्व संविधानसभा अध्यक्ष तथा एमालेका वरिष्ठ नेता सुभास नेम्वाङको अप्रत्याशित निधनपछि इलाम– २ मा उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नरेन्द्र मोदीले खोले डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’मा खाता
-
चर्चित विद्यालयका प्रमुखसँग शिक्षामन्त्रीको छलफल, भर्ना प्रक्रिया पारदर्शी बनाउन निर्देशन
-
हामीलाई शान्ति चाहिएको हो, आत्मसमर्पण होइनः युक्रेन
-
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
-
सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना