खेलकुदमा नयाँ युगको सुरुवात भएको छ : मन्त्री श्रेष्ठ
बारा । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपालको खेलकुद जगतमा नयाँ युगको सुरुवात भएको घोषणा गरेका छन् । १४ औं जीतपुर सिमरा गोल्डकप २०८० को उद्घाटन कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले खेलकुद क्षेत्रलाई सफल बनाउन सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।
‘खेलकुद क्षेत्रलाई सफल बनाउन ३० औं वर्षदेखिका बेथितिहरुलाई सफा गर्दै सम्भावनाहरुलाई खोज्नुपर्नेछ’ मन्त्री श्रेष्ठले भने, ‘खेलकुदलाई अव व्यवसायिक बनाउँदै लैजान विश्वविद्यालयसँग नै सम्झौता गरेर अगाडि बढ्ने तयारी भइरहेको छ ।’
मन्त्री श्रेष्ठले प्रकिया पुर्याएर निर्णय गरेर ल्याएमा सिमरा रंगशालाको अधुरो निर्माण कार्य सम्पन्न गर्न चालु आर्थिक वर्षमै आर्थिक सहयोग गर्न आफु तयार भएको बताए । ‘यो बजेटमा सिमराको स्टेडियमलाई दिर्घकालीन योजनामा राख्न हामी साथमा साथ दिन तयार छौं’ मन्त्री श्रेष्ठले भने, ‘गतवर्ष १ करोड ४० लाखमा अलिकति पूर्वाधार त बनेको रहेछ अब त्यसले राम्रोसँग निरन्तरता पायो भने यसले ११ औं राष्ट्रिय खेलकुदलाई समेत होस्ट गर्नसक्ने देखिएकोले बाँकी पूर्वाधार निमार्णको लागि केही बजेट सुनिश्चित गर्नेछौं ।’
खेलकुद क्षेत्रलाई सफल बनाउन सरोकारवाला निकायहरु सबैले आ–आफ्नो ठाँउबाट जिम्मेवार भएर लाग्न समेत मन्त्री श्रेष्ठले सुझाव दिएका छन् । वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभिजनका पाँच टिम सहभागी हुनेछन् ।
सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ, मकवानपुर ११ हेटौँडा, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नव जनजागृती युवा क्लबसहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण