सरकारले सूचना प्रविधिमा बढ्दो लगानी दुरुत्साहित गरेको निजी क्षेत्रको ठहर
काठमाण्डौँ । सरकारले नेपालको सूचना प्रविधि क्षेत्रमा बढ्दो लगानीलाई दुरुत्साहन गर्नेगरी कदम चालेको निजी क्षेत्रले ठहर गरेको छ । नेपाली सूचना प्रविधि उद्योगमा विदेशी लगानी लगानी बढ्दो छ । तर, सरकारको पछिल्ला गतिविधिले लगानीकर्ताको मनोबल घटेको निजी क्षेत्रको छाता संगठनहरुले निष्कर्ष निकालेका हुन् ।
नेपाल उद्योग परिसंघ, नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपालले संयुक्तरुपमा विज्ञप्ति निकाल्दै यस्तो बताए । नेपालको सूचना प्रविधि उद्योग सुरुवाती अवस्थामै रहेको र क्रमशः विस्तारै अगाडि बढ्ने क्रममा रहेको छ ।
यस उद्योगसँग प्रत्यक्ष रुपमा विदेशी लगानी वा नेपालीलाई रोजगारी दिएका रोजगारदाताहरुको संलग्नता छ । पछिल्लोपटक सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरुलाई दुरुत्साहित गर्ने तथा निजी क्षेत्रको मनोबल घटाउने गरी भएको गतिविधिले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ ।
कर लगायतका विषय कानूनी दायराभित्र रही कानूनमा तोकिए बमोजिम तथा हालसम्म गर्दै आएको कर व्यवहार समेतको वर्खिलाप हुने गरि फरक रुपमा नयाँ प्रयोगात्मक स्वरुपमा व्याख्या गरि अनावश्यक रुपमा यी उद्योगहरुलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न सरकारी तहबाटै हुनु दुःखद हो । यस्ता कार्यले समग्र सूचना प्रविधिसँग सम्बन्धित उद्योगलाई धराशायी बनाउने हुँदा गम्भीर हुन सरोकारवाला समक्ष यी छाता संगठनले आग्रह गरेका छन् ।
त्यसमाथि पनि अनाहकमा यस क्षेत्रमा क्रियाशील कम्पनी उपर फौजदारी प्रकृतिको कारबाही लागू गराउनु दुर्भाग्यपूर्ण छ । प्रचलित कर कानून र व्यवहार भन्दा फरक गतिविधिले हामीलाई चिन्तित बनाएको छ । नेपालमा सम्भावित लगानीको अवसरलाई खुम्चाई प्रविधी हस्तान्तरणको कार्य रोकिने, भइरहेका एवं अब हुने रोजगारी बन्द हुने, नेपालीको प्रतिष्पर्धी क्षमता घट्ने, राजस्व समेत प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्नेतर्फ गम्भीर भई तत्काल आवश्यक निदानको खोजी गर्न समेत निजी क्षेत्रका छाता संगठनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण