उपनिर्वाचन
कांग्रेसले उपनिर्वाचनका लागि शर्मा र साउदलाई तोक्यो संयोजक
आइतबार, २५ चैत २०८०, १२ : ३५
काठमाडौँ । नेपाली कांग्रेसले इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउद संयोजक बनेका छन् ।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस इलामका सभापति खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवास नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।
सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण