शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

कांग्रेसले उपनिर्वाचनका लागि शर्मा र साउदलाई तोक्यो संयोजक

आइतबार, २५ चैत २०८०, १२ : ३५
आइतबार, २५ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसले इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउद संयोजक बनेका छन् । 

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस इलामका सभापति खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवास नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । 

सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप