नयाँ ढंगले जानका लागि पार्टीको विशेष महाधिवेशन अनिवार्य : अग्नि सापकोटा

काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको विशेष महाधिवेशन गर्नैपर्ने अवस्था आएको बताएका छन् । आइतबार प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ गर्न र नयाँ ढंगले अगाडि बढ्नका लागि विशेष महाधिवेशन गर्नैपर्ने अवस्था आएको बताएका हुन् ।
पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटाले अब हुने पार्टीका गतिविधि परम्परागत ढंगले नहुने बताउँदै नयाँ ढंगले जानका लागि पार्टीको विशेष महाधिवेशन अनिवार्य रहेको बताए । उनले भने, ‘पार्टीको विचारलाई नयाँ ढंगबाट अगाडि बढाउन आवश्यक छ ।’
उपाध्यक्ष सापकोटाले कम्युनिस्ट पार्टीलाई सुदृढीकरण गर्न आत्मालोचना र आलोचना हुनैपर्ने बताए । उनले आलोचना र आत्मालोचना वैचारिक हुनुपर्ने बताए ।
पार्टीभित्र तीनवटै सरकार सञ्चालनका लागि एउटा समिति बनाउने तयारी भइरहेको बताउँदै उनले अहिलेको सरकारलाई झन तीव्र गतिले सञ्चालन गर्ने बताए । उपाध्यक्ष सापकोटाले पत्रकारले सत्यतथ्य सूचना प्रवाह गनुपर्नेमा जोड दिँदै प्रेस सेन्टरको काँधमा ठुलो जिम्मेवारी आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'स्पिरिट' विवाद, दीपिकाको समर्थनमा अजय
-
‘हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ’
-
कुखुरापालन व्यवसायबारे नेपाल–भारतका विज्ञबिच छलफल
-
पाकिस्तानी प्रधानमन्त्रीको वार्ताको प्रस्तावमा भारतले के भन्यो ?
-
ट्रम्पको व्यापार करविरुद्धको आदेश पुनरावेदन अदालतले रोक्यो
-
मिस वर्ल्डपछि मिस ग्रान्ड इन्टरनेसनलमा विवाद, रेचल गुप्ताले उपाधि फिर्ता गर्ने