भद्रकालीबाट पक्राउ गरिएका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा
काठमाडौँ । काठमाडौँको भद्रकालीबाट पक्राउ गरिएका ६ जनालाई प्रहरीले मुद्दा चलाएको छ । चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रविन्द्र श्रेष्ठले गरेको प्रदर्शन स्थलबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ गरिएका मध्ये ६ जनाविरुद्ध थुनामा राखेर अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
उनीहरूलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २८ वर्षीय कुशल थिङ, काठमाडौँको तार्केश्वर नगरपालिका–६ घर भएका ३३ वर्षीय भुवन केसी, सुनसरीको ईनरुवा नगरपालिका–४ घर भएका ३९ वर्षीय सन्तोष मेहेता र सर्लाही धनकौला गाउँपालिका–२ घर भएका ५० वर्षीय राम प्रवेश शाहविरुद्ध मुद्दा चलाइएको छ ।
त्यस्तै, मकवानपुरको थाहा नगरपालिका–३ घर भएका ३३ वर्षीय उमेश मुक्तान र पाँचथर घर भएका ३३ वर्षीय सनम लिम्बुविरुद्ध पनि मुद्दा चलेको छ । उनीहरूलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण