दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासुस उपग्रह प्रक्षेपण
सोमबार, २६ चैत २०८०, १४ : ४८
सियोल । दक्षिण कोरियाले दोस्रो सैन्य जासुस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ ।
स्वदेशी सैन्य जासुसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो ।
प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासुस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ ।
असअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
-
बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ
-
ब्राजिलमा बाढीका कारण सयभन्दा धेरैको मृत्यु, एक लाख घर ध्वस्त