राजनीतिमा इमानदारिताको खाँचो छः सांसद किराती
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले राजनीतिमा इमानदारिताको खाँचो रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा गायिक खुशी थुलुङ राईको पहिलो गीति एल्बम खुसीका रङ्गहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा इमानदारिताको खडेरी परेको बताएका हुन् ।
राजनीतिमा इमानदारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय नलाग्ने उनले बताए । उनले सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए । उनले संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि बताए ।
उनले भने, ‘सार्वभौम सत्ता सम्पन्न नेपाल त भन्न सक्यौँ । सार्वभौम सत्ता सम्पन्न नेपालमा नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न सकेका छैनौँ । त्यो भनेको एउटा मात्रै आवश्यकता छ । हामी लोकतान्त्रिक गणतन्त्रमा छौँ । वंशीय शासनको अन्त्य गरेका छौँ । संविधानमा सबैको प्रत्याभूति हुने गरी चित्र प्रस्तुत भएको छ । संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ । हामी सबै लागौँ । इमानदारिताको खाँचो छ हाम्रो देशमा । इमानदारिताको खडेरी लागेको छ । राजनीतिमा इमानदारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन । राजनीति रूपान्तरण गर्न आवश्यक छ ।’
सांसद किराँतीले राजनीतिक रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण