आगलागीबाट ३५ लाख बराबरको क्षति
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ स्यालामा रहेको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ ।
आइतबार १०ः३० बजे धनबहादुर बोहराको घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको खाद्यान्न तथा किराना पसल, नास्ता पसल, लत्ताकपडासहित नगद रु तीन लाख ३० हजार गरेर कूल रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार बोहराको चार कोठाको दुईतले जस्तापाताले छाएको कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको छ । १०ः३० बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा आज बिहान नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने नखुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
यसैबिच पीडित परिवारलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । बोहराका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले वडाका तर्फबाट एक बोरा चामल, एक बोरा दाल, दुई कम्बल, एक फाइवर सिरक र खाना पकाउनका लागि भाडावर्तन सहयोग गरिएको वडाध्यक्ष देवबहादुर यरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण