दुर्घटनापछि रोकिएको कमेडी च्याम्पियनको सुटिङ आजदेखि सुरु हुँदै
मङ्गलबार, २७ चैत २०८०, ०९ : ५४
काठमाडौँ । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको सुटिङ आजदेखि पुनः सुरु हुने भएको छ।
च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत सुटिङको जानकारी दिएका हुन् । 'के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइभ हेर्न चाहनुहुन्छ ? यदि हो भने हाम्रो सुट आज चैत २७ गते मंगलवारदेखि हुँदै छ,’ उनले अगाडि लेखेका छन् –‘स्टुडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकै रहेको छ । यहाँहरू ११ बजेसम्म आइपुग्नु पर्ने हुन्छ।'
मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण