बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बजारमा कच्चा तेलको भाउ झनै महँगो हुने

मङ्गलबार, २७ चैत २०८०, १४ : ३४
मङ्गलबार, २७ चैत २०८०

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ झनै महँगो हुने आशंका गरिएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन एन्ड चेजका अनुसार अगष्ट–सेप्टेम्बरसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल सय डलरसम्म पुग्न सक्नेछ । 

देशहरूबिच नयाँ खाले तनाव बढ्ने र आपूर्तिमा कमी आउँदा कच्चा तेलको भाउ बढ्नेछ । केही दिन अघि मात्रै कच्चा तेलको भाउ ६ महिनाकै उच्च स्तर ९० डलरमाथि पुगेको थियो ।

विश्वभर बढ्नेछ महँगी

कच्चा तेलको भाउमा हुने वृद्धिले महँगी बढ्ने चिन्ता पनि बढाएको छ । महँगी बढ्यो भने केन्द्रीय बैंकहरूको ब्याजदर कटौती योजनालाई असर गर्न सक्नेछ । विश्वव्यापी रूपमा कच्चा तेलको माग राम्रो छ ।  तर आपूर्ति भने कम छ । 

मेक्सिकोबाट तेल निर्यात गत महिना ३५ प्रतिशतले घटेर सन् २०१९ यताकै न्यून स्तरमा झरेको छ । मार्चमा मेक्सिको, अमेरिका, कतार र इराकले आफ्नो संयुक्त तेल उत्पादन प्रति दिन १० लाख ब्यारेलले घटाएका थिए ।

तेलको भाउ बढाउने कारणहरू

१. इजरायल र इरानबिच तनावको माहौल छ । दुई देशबिच जुनसुकै बेला युद्ध हुने स्थिति पनि छ । यसबाहेक कच्चा तेलको मूल्य वृद्धिको प्रभाव पोखिएर पनि महँगी हुने स्थिति छ ।

२. मेक्सिकोकोतर्फबाट कच्चा तेलको निर्यात घटाउने हालैको कदमले विश्व स्तरमा दबाब बढाएको छ । यसको कारण अमेरिकामा तेलको खपत बढेको छ ।

३. अमेरिकी प्रतिबन्धका कारण रुसी सामान समुद्रमा फसेको छ । अर्को लक्ष्य भेनेजुएलाको आपूर्तिमा अवरोध गर्नु रहेको छ । लाल सागरमा हुथी विद्रोहीहरूले सामान ढुवानी गर्ने ट्याङ्करहरूमाथि आक्रमण गरेपछि कच्चा तेलको निर्यात ढुवानी ढिलाइ भएको छ । यसले पनि भाउ बढाउने छ ।

४. तेल बजारमा उथल–पुथल भइरहेको भएपनि पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)मा आबद्ध देशहरू उत्पादन कटौतीमा अडिग छन् । यसले पनि दुई वर्षमा पहिलो पटक कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १०० डलरमा पुग्ने खतरा बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप