मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक रूपमा स्थानीयको प्राथमिकता फोहरमैला बन्नुपर्छ : राजदूत लोरेन्जो

मङ्गलबार, २७ चैत २०८०, १६ : ०९
मङ्गलबार, २७ चैत २०८०

धनुषाा । युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले राजनीतिक रूपमा स्थानीय प्राथमिकताको विषय बनाएर फोहरमैला व्यवस्थापनमा लाग्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘वातावरणलाई राजनीतिक रूपमा पनि प्राथमिकतामा राख्नुपर्छ र यसलाई चक्रीय अर्थतन्त्रसँग जोड्न सके पर्यावरण संरक्षणसँगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।’

बर्दिबास नगरपालिकामा क्रिएशन नेपालले आयोजना गरेको एक कार्यक्रममा उनले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको विषय बनेको बताइन् ।त्यस्तै नेपालका लागि जर्मन राजदूत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा गरिरहेको कामको बारेमा जिज्ञासा राख्दै त्यसको चुनौती लगायतका विषयमा आफ्नो कुरा राखेका हुन् । उनले वातावरणको विषयमा नीतिगत एकरूपता हुनुपर्ने बताए।

स्वेडन (दिल्ली)  मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला व्यवस्थापन विश्वव्यापी समस्या भएको जिकिर गर्दै नीतिगत रूपमा स्पष्ट हुन नसके समाधान गर्न कठिन हुने बताए । फोहर व्यवस्थापन बारेमा विश्व मान्यता के हो त्यसको जानकारी लिएर काम गर्‍यो भने समस्या समाधान हुँदै जाने उनको भनाई थियो ।  

कार्यक्रममा फ्रान्सका राजदूत ग्लिज बोरबाउ, युरोपियन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित थिइन । युरोपियन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासँग मिलेर ग्रीनसिफ्ट परियोजना सञ्चालन गरिरहेको छ ।

छलफलमा ग्रीनसिफ्ट परियोजनाका लागि छनोट भएका बर्दिबासका नगरपालिका भित्रका चार विद्यालयका प्रधानाध्यापक सहित विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त विद्यालयमा क्लाइमेट स्मार्ट स्कुल परियोजना सुचारु हुने बताइएको छ ।

बर्दिबास नगरपालिकाको उपमेयर तारादेवी महतोले नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रिएशन नेपालसँग सहकार्य गरेर अगाडी बढी रहेको बताइन् । उनले अहिले पनि फोहोरमैला क्षेत्रमा काम भइरहेको जानकारी गराउँदै अझै नीतिगत स्पष्टता सहित दीर्घकालीन व्यवस्थापनमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप