गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासीको शङ्का गर्ने ठाउँ छः सांसद पाण्डे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्नेतर्फ सङ्केत गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्ने सङ्केत गरेका हुन् । उनले गृहमन्त्री रवि लामिछानेले जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शङ्का गर्ने ठाउँ रहेको बताए ।
उनले संसदमा प्रतिपक्षले उठाएका कुराहरू सुनिनुपर्ने पनि बताए । उनले सत्तापक्षले जबरजस्त रूपमा संसद् चलाउनु नहुने बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ । सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउँछु भनेर त्यो काम लाग्दैन ।’
उनले सभामुख देवराज घिमिरेले संसदमा दुई पक्षलाई लडाउने उपाय गरेको समेत आरोप लगाए । उनले भने, ‘प्रतिपक्ष उठेको बेलामा सत्तापक्षलाई समय दिनै हुँदैन । किनभने त्यो लडाउने उपाय हो । सभामुखले दुईथरीलाई लडाउनु हुँदैन । किनभने सत्तापक्षलाई समय दिने भनेको चाहिँ प्रतिपक्षको विरुद्धमा बोल भनेको हो । कहिल्यै गर्नु हुँदैन त्यो । उहाँको कमजोरी हो । ’
सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतङ्क सिर्जना भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण