आम विद्यार्थी मोर्चाको अध्यक्षमा साह दोहोरिए
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम विद्यार्थी मोर्चाको गत चैत २४ गते बसेको राष्ट्रिय भेलाले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । मोर्चाको अध्यक्षमा विवेक साह दोहोरिएका हुन् ।
भेलाले विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । मोर्चाका अध्यक्ष विवेक साहका अनुसार मोर्चाको इन्चार्जमा सरोज बछार, सह-इन्चार्जमा प्रशान्त तिमल्सिना, उपाध्यक्षहरूमा शोभा पाण्डे, राकेश बैठा, समिरा नाश्रिन, राजु महतो र महासचिवमा प्रदीप साह रहेका छन् ।
यस्तै मोर्चाको सचिवमा उपेन्द्र जयसवाल,अलोक साह (प्रिन्स) रितेश साह,रमेश साह, विकास झा, विवेक यादव कोषाध्यक्षमा नवीन कुमार साह रहेका छन् ।
मोर्चाको सदस्यहरूमा अरुण तामाङ, सञ्जय चौरसिया, विशेष गुप्ता,सरोज पटेल,पदम लामा,गोपी यादव, विक्की यादव,उमेश पाण्डे, सुवास मण्डल, खुस्बु झा,सुरज साह, प्रीति यादव,मञ्जु कुशवाह, सनम तिम्सिना, रजनीश महतो, नितेश कुमार मण्डल, रौसन सहनी लगायतका रहेको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरन यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण