बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकामा बैंक प्रशासन सुधारका लागि सरकारी प्रतिबद्धता

मङ्गलबार, २७ चैत २०८०, २१ : ०५
मङ्गलबार, २७ चैत २०८०

कोलम्बो । सरकारी स्वामित्वका बैंकहरूको प्रशासनमा सुधार गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रस्तावमा सरकार प्रतिबद्ध देखिएको छ । 

श्रीलंकाको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले आइएमएफसँगको एक कार्यक्रमअन्तर्गत सरकारी स्वामित्वका बैंकहरूको प्रशासनमा सुधार गर्ने प्रस्तावलाई सोमबार अनुमोदन गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा गुणवर्धनाले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र श्रीलंकाको केन्द्रीय बैंकका प्रतिनिधि सम्मिलित समितिले स्वीकृत सुधारको पहिचान गरेको बताए । 

सुधार प्रस्तावले सरकारी स्वामित्वका बैंकहरूको सुशासन, जोखिम व्यवस्थापन र सुपरिवेक्षणमा देखिएका कमजोरीलाई सम्बोधन गर्न खोजेको उल्लेख गर्दै उनले ती सुधारलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने बताए । 

उनले विश्व बैंकको बजेट सहायता (ऋण) यस पहिले तोकिएका काम पूरा भएपछि मात्र वितरण गरिने जानकारी दिए । 

मार्च २०२३ मा, आईएमएफले श्रीलंकाको आर्थिक नीति र सुधारलाई समर्थन गर्न लगभग तीन अर्ब अमेरिकी डलरको आर्थिक सुधार कार्यक्रमअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो । -(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप