तान्जानियामा एक हप्तामा बाढीले १५ जनाको मृत्यु
मङ्गलबार, २७ चैत २०८०, २१ : १७

तान्जानिया । तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिकासहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तान्जानिया प्रहरी बलका प्रवक्ता डेभिड मिसिमेले प्रभावित क्षेत्रका अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई वर्षा र बाढीको जोखिमबाट जोगाउन आग्रह गर्दै वर्षाले विनाशकारी परिणामहरू निम्त्याउन सक्ने कुरामा सचेत गराए ।
उनले धार्मिक नेता, शिक्षक तथा सरोकार वाला व्यक्तिहरूलाई वर्षाको समयमा आकस्मिक बाढी प्रभावित क्षेत्रमा बालबालिकाहरूलाई खेल्नबाट जोगाउनसमेत आग्रह गरे । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
-
हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?
-
वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित
-
हेटौँडाका वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
-
‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’
-
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति