बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

२०८१ वैशाख २ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

बुधबार, २८ चैत २०८०, १३ : १६
बुधबार, २८ चैत २०८०

काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि आगामी वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा कांग्रेसले अवरोध गरेपछि सभामुखले दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूलाई बोल्न समयको व्यवस्था गरेका थिए । 

विशेष समयमा सांसदहरूले बोलिसकेपछि सभामुखले शून्य समयको कार्यक्रम अगाडि बढाए । त्यसपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरेका हुन् । विपक्षी दलको अवरोधपछि सभामुख  देवराज घिमिरेले २०८१ साल वैशाख २ गते अर्को बैठक बस्ने गरी स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप