रंगशालामा आक्रमणको धम्कीपछि च्याम्पियन्स लिगको सुरक्षा व्यवस्था कडा
काठमाडौँ । रङ्गशालाहरूमा आक्रमणको धम्की आएपछि च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । इस्लामिक स्टेट समूहलाई समर्थन गर्ने मिडिया आउटलेटमार्फत रङ्गशालाहरूमा आक्रमणको धम्की सार्वजनिक गरिएको थियो ।
च्याम्पियन्स लिगका दुई क्वार्टरफाइनल खेल मंगलबार राति सकिएका छन् । बाँकी दुई खेल भने बुधबार राति खेलाइँदै छ । मंगलबार राति खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस क्लब आर्सनललाई २–२ गोलको बराबरीमा रोकेको थियो ।
अर्को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई इङ्लिस क्लब म्यानचेस्टर सिटीले ३–३ गोलको बराबरीमा रोकेको थियो । बुधबार रातिको खेल भने स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बिच खेलिने छ ।
फ्रान्स र स्पेनका मन्त्रीहरूले च्याम्पियन्स लिगका क्रममा रङ्गशालाको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् । आईएस समर्थक मिडिया च्यानलले मंगलबार र बुधबार क्वार्टरफाइनलको पहिलो लेग खेलाइने रङ्गशालाहरूको थुप्रै तस्बिर पनि सार्वजनिक गरेका छन् ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले रङ्गशालाहरूमा आक्रमणको धम्कीलाई आफूहरुले गम्भीर रुपमा लिएको बताएको छ । यसका बावजुद क्वार्टरफाइनल खेलहरु निर्धारित रंगशाला र निर्धारित समयमै खेलाइने जानकारी पनि यूईएफएले दिएको छ । फ्रान्सका गृहमन्त्री गेराल्ड डर्मानिनले बुधबार पेरिसमा पीएसजी र बार्सिलोनाबिचको खेल हुँदा रङ्गशालाको सुरक्षा व्यवस्था निकै कडा बनाइने बताएका छन् ।
‘केवल १० दिनअघि आईएसले म्युनिख स्टेडियमको तस्बिर सार्वजनिक गर्दै फुटबल खेल आयोजना गर्ने स्टेडियममा आक्रमणको धम्की दिएको कुरा म तपाइँहरुलाई स्मरण गराउन चाहन्छु । त्यसैले हामी खेल स्थलहरुको सुरक्षाको विषयमा गम्भीर हुनै पर्छ,’ गृहमन्त्री डर्मानिनले भनेका छन् । स्पेनका खेलकुद मन्त्री पिलर एलेग्रियाले च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलका क्रममा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण