नेपाल कृषि मेशिनरी व्यवसायी संघले मन्त्री साहलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले कृषि तथा पशुपन्छी विकाश मन्त्री ज्वाला कुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण शर्माले मन्त्रीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
यस्तै नेपालको कृषि क्षेत्रको विकासको लागि सरकारसँग हातेमालो गर्न संघ तयार रहेको उनले बताए ।
कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग बिना कृषिबाट अपेक्षित लाभ लिन नसक्ने भएकोले यो क्षेत्रलाई सरकारले प्राथमिकता राख्ने बजेटमा वृद्धि हुने र आगामी दिनको नीति तथा कार्यक्रममा समेट्न ज्ञापनपत्रका बुँदाहरु समावेश गर्न अनुरोध गरिएको छ ।
सो भेटघाटमा उपाध्यक्ष सुनिता न्हेम्हाफूकी, महासचिब अर्जुन लुईटेल, कोषाध्क्षय श्रीकृष्ण अधिकारी, कार्यसमिती सदस्य शकुन्तला सुबेदी दाहाल, रोसन प्रसाद ढकाल तथा पूर्व अध्यक्ष स्बयूम्भु कृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
-
त्रिविले फास्ट ट्र्याकबाट कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?
-
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी
-
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
-
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला