नेपालगञ्जमा ईदको रौनक
राँझा । एक महिनाको उपवास (रोजा) पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो ।
मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो । बिहानैदेखि ईदगाहमा सयौँ व्यक्तिहरूले एकापसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरिरहेका छन् ।
इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका नेपालगञ्जका मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले बताए । ईदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ ।
मुस्लिम धर्मगुरु मञ्जरीका अनुसार इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । ईदुल फित्र मुस्लिम समुदायको सबभन्दा ठूलो र महान पर्वका रूपमा मनाउने गरिएको उनको भनाइ छ ।
“एक महिनासम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँचपटक नमाज पढ्नु, नराम्रा कामबाट बच्नु, झुटो नबोल्नु, नराम्रो वस्तु नहेर्नु, त्यस्तो व्यक्तिले ईदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्तीलाई अल्लाहले माफ गरिदिन्छ भन्ने विश्वास राखेका हुन्छन्”, मञ्जरीले भने, “रोजा हरेक बालबालिका, महिला, पुरुषमाथि अनिवार्य फर्जका रुपमा रहेको छ । यदि कुनै व्यक्ति एकदमै बिरामी भई व्रत अथवा रोजा बस्न नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिब व्यक्तिलाई खाना खुवाउनुपर्छ ।”
ईदको अवसरमा नेपालगञ्जका मुस्लिम समुदायले सामूहिक नमाज पढ्नुका साथै हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका मुस्लिम अगुवा शकील अहमद कादरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण