गण्डकीमा मन्त्रालय टुक्रियो, मन्त्रालयको सङ्ख्या ९ पुग्यो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो कार्यकालमा १२ वटा मन्त्रालय गाभेर ७ बनाएका थिए । उनले हरेका कार्यक्रम र संसद् बैठकमा पनि यो विषयमा गर्वका साथ बोल्ने र भाषण गर्ने गरेका थिए । उनले भन्दै आएका थिए, ‘प्रदेशको सामर्थ्य अनुसारको मन्त्रालय बनाएँ ।’
सुरुमा ७ मन्त्रालय रहेको गण्डकीमा पछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टुक्र्याएर ११ वटा मन्त्रालय बनाएका थिए । यस्तै कृष्णचन्द्र नेपाली पोखरेलले अझै टुक्र्याएर १२ बनाए । प्रदेशसभाको दोस्रो कार्यकालमा निर्वाचित भएर आएपछि पहिलो मुख्यमन्त्री खगराजले सङ्ख्या घटाएका हुन् ।
तर दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्दा उनै खगराजले सङ्ख्या बढाइदिएका छन् । सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबारको मन्त्रीपरिषद् बैठकले मन्त्रालय टुक्र्याएर ९ पुर्याउने निर्णय गरेको छ । सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्य मन्त्रालय टुक्रिएको छ भने मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय निकालिएको छ ।
‘सामाजिक विकास तथा स्वास्थ्य एउटै मन्त्री भएपछि दुईतिरबाट मन्त्रालय चलेको थियो । मन्त्रालय सामाजिक विकास बढी स्वास्थ्य कम भइरहेको थियो,’ चुमानले भने, ‘अहिले मिल्दो बनाऔँ भनेर टुक्र्याइदिएका हौँ । राम्रै निर्णय गरेका हौँ ।’ मन्त्रालय टुक्र्याएपछि बाँडफाँट भने भैसकेको छैन । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालयको भागबण्डा मिलाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला