ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला

काठमाडौँ । काठमाडौँको मुटु ठमेल र दरबारमार्ग वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुला रहने भएको छ । स्थानीय व्यवसायी, गृह प्रशासन र सरोकारवालाहरूको सक्रियतामा ठमेल र दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न लागिएको हो ।
बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गरिने घोषणा गरेका हुन् ।
आर्थिक मन्दीको चपेटामा परेको उद्योग व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई चलायमान बनाउनका लागि पनि व्यावसायिक क्षेत्र सधैँ खुला राख्नुपर्ने बताउँदै सबैको साथ र सहयोगमा खुला गरिएको व्यवसायीहरूले बताएका छन् ।
‘साँझमै सुनसान हुने हाम्रो सडक तथा बजारमा रौनकता छाउने छ । समय र भौगोलिक प्रतिबद्धतामा वृद्धि गराउँछ । यसले सामाजिक र आर्थिक असमानताको न्यूनीकरणमा समेत सहयोग भई विश्वसनीयतालाई समेत थप मजबुत बनाउनेछ’ व्यवसायीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
तर ठमेल भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । आर्थिक क्रान्ति र ठुला सपनाले भरिएको सहर सुत्नु हुँदैन भन्ने सर्वमान्य कुरालाई आत्मसात् गर्दै सबै व्यापार व्यवसायीहरूलाई ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसाय सञ्चालन गरेर सहयोग गर्न समेत सङ्घले आग्रह गरेको छ । यस्तो सेवा ठमेल र दरबारमार्ग हुँदै क्रमशः अन्य क्षेत्रमा समेत खुला गरिने व्यवसायीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर