मिडिया काउन्सिल विधेयक आजै पारित गर्ने सरकारको तयारी
काठमाडौँ । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक आजको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् । काठमाडौँमा आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको १२ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन् ।
उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौँ । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’
उनले विज्ञापन नियमावलीमा संशोधन गरिएको भएता पनि नियमावलीमा मात्रै संशोधनले नपुग्ने अवस्था देखिएको बताइन् । विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उनको भनाई छ ।
उनले भनिन, ‘विज्ञापन नियमावलीमा संशोधन गरिएको छ । तर विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ । ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौँ । विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन बोर्डको बीचमा भन्दा विज्ञापन बोर्डले आवश्यक परे प्रयोग गर्न सक्ने गरी हामीले व्यवस्था गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण