मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
वर्षको अन्तिम दिन :

सुनको मूल्यमा १ लाख ३९ हजारको रेकर्ड !

शुक्रबार, ३० चैत २०८०, १९ : ३९
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । यो वर्षको अन्तिम दिन शुक्रबार सुनमा हालसम्मकै उच्च मूल्य कायम भएको छ । चैत ३० गते छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । 

योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । 

यता चाँदीको मूल्य भने वर्षभरिमा तोलामा ५३२ रुपैयाँ बढ्दै १ हजार ७७५ रुपैयाँ कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप