राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिन आवश्यक : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले गुणस्तरलाई कायम गर्न नसक्ने तर मेडिकल कलेज थप खोल्न नपाउने कुरा उचित नहुने बताए ।
अध्यक्ष ढकालले मेडिकल कलेजहरूलाई राज्यले नियमन गर्नु जरुरी रहेको बताए । उनले निजी क्षेत्रलाई नियमन र अनुगमन राम्रोसँग गर्नुपर्ने बताए । उनले पछिल्लो समय धेरै नेपालीहरू विदेश गएको भन्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर सीपयुक्त जनशक्ति बाहिर पठाउने वातावरण राज्यले बनाउनुपर्ने बताए । उनले नर्स पढेर नेपालमा १५ हजारको तलबमा काम गर्नुपर्ने तर विदेशमा त्यो भन्दा धेरै पाउने भएपछि नेपालमा त्यो जनशक्ति नबस्ने बताए । उनले मेडिकल शिक्षा अध्ययनको लागि नेपालमा आउने विदेशी विद्यार्थीलाई तोकेर नै यति लाख मात्रै रकम लिनु भन्न नहुने बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् उत्तरदायित्व पुरा गर्दैनन् भन्ने सोच राख्नु गलत हुने बताए । उनले निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने प्रवृत्ति पनि गलत भएको बताए ।
अध्यक्ष ढकालले एक जना व्यवसायीले राम्रोसँग एउटा नचलाएको मेडिकल कलेजको पूर्वाधार कारणबाट निजी क्षेत्रको लगानी नै नियन्त्रण गराउनु राम्रो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण