मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिन आवश्यक : अध्यक्ष ढकाल

शुक्रबार, ३० चैत २०८०, १८ : १०
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।  

शुक्रबार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले गुणस्तरलाई कायम गर्न नसक्ने तर मेडिकल कलेज थप खोल्न नपाउने कुरा उचित नहुने बताए । 

अध्यक्ष ढकालले मेडिकल कलेजहरूलाई राज्यले नियमन गर्नु जरुरी रहेको बताए । उनले निजी क्षेत्रलाई नियमन र अनुगमन राम्रोसँग गर्नुपर्ने बताए । उनले पछिल्लो समय धेरै नेपालीहरू विदेश गएको भन्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर सीपयुक्त जनशक्ति बाहिर पठाउने वातावरण राज्यले बनाउनुपर्ने बताए । उनले नर्स पढेर नेपालमा १५ हजारको तलबमा काम गर्नुपर्ने तर विदेशमा त्यो भन्दा धेरै पाउने भएपछि नेपालमा त्यो जनशक्ति नबस्ने बताए । उनले मेडिकल शिक्षा अध्ययनको लागि नेपालमा आउने विदेशी विद्यार्थीलाई तोकेर नै यति लाख मात्रै रकम लिनु भन्न नहुने बताए । 

अध्यक्ष ढकालले निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् उत्तरदायित्व पुरा गर्दैनन् भन्ने सोच राख्नु गलत हुने बताए । उनले निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने प्रवृत्ति पनि गलत भएको बताए ।

अध्यक्ष ढकालले एक जना व्यवसायीले राम्रोसँग एउटा नचलाएको मेडिकल कलेजको पूर्वाधार कारणबाट निजी क्षेत्रको लगानी नै नियन्त्रण गराउनु राम्रो नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप