शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टोटनह्याममाथि न्युक्यासलको गोलवर्षा

शनिबार, ०१ वैशाख २०८१, २१ : ३०
शनिबार, ०१ वैशाख २०८१

लण्डन । अलेक्सान्डर इसाकको दुई गोलको मद्दतले न्युकासल युनाइटेडले टोटनह्याम हटस्पर्समाथि गोल वर्षा गर्दै अर्को सिजन युरोपियन फुटबलको सम्भावना जीवित राखेको छ । शनिबार भएको खेलमा न्युक्यासल ४–० गोलले विजयी बन्यो ।

खेलको ३० औँ मिनेटमा इसाकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दुई मिनेटपछि नै एन्थोनी गोर्डनले टोलीको अग्रता दोब्बर बनाए ।  दोस्रो हाफको सुरुवातमा इसाकले व्यक्तिगत दोस्रो गोल गरे । यो सिजन प्रिमियर लिगमा २४ खेलमा उनले १७ गोल गरेका छन् । सबै प्रतियोगिताहरूमा यो सिजन उनको २१ औँ गोल थियो ।

खेलको अन्त्यतिर फाबियन स्कारले अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए । ३२ खेलबाट ५० अङ्क बटुल्दै टोली लिगको छैटौँ स्थानमा छ । समान खेलबाट ६० अङ्कसहित स्पसर्स भने पाँचौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप