टोटनह्याममाथि न्युक्यासलको गोलवर्षा
शनिबार, ०१ वैशाख २०८१, २१ : ३०
लण्डन । अलेक्सान्डर इसाकको दुई गोलको मद्दतले न्युकासल युनाइटेडले टोटनह्याम हटस्पर्समाथि गोल वर्षा गर्दै अर्को सिजन युरोपियन फुटबलको सम्भावना जीवित राखेको छ । शनिबार भएको खेलमा न्युक्यासल ४–० गोलले विजयी बन्यो ।
खेलको ३० औँ मिनेटमा इसाकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दुई मिनेटपछि नै एन्थोनी गोर्डनले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा इसाकले व्यक्तिगत दोस्रो गोल गरे । यो सिजन प्रिमियर लिगमा २४ खेलमा उनले १७ गोल गरेका छन् । सबै प्रतियोगिताहरूमा यो सिजन उनको २१ औँ गोल थियो ।
खेलको अन्त्यतिर फाबियन स्कारले अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए । ३२ खेलबाट ५० अङ्क बटुल्दै टोली लिगको छैटौँ स्थानमा छ । समान खेलबाट ६० अङ्कसहित स्पसर्स भने पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण