मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण

आइतबार, ०२ वैशाख २०८१, ०६ : ३०
आइतबार, ०२ वैशाख २०८१

बुटवल । संस्कृतविद्या शिरोमणि प्रा.डा.  वेणि माधव ढकालले रचना गरेको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण गरिएको छ ।  स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका नेपाली अनुवाद रुपन्देहीको तिलोत्तमा गरिएको साताव्यापी श्रीमद्भागवत महायज्ञमा व्यासाचार्य वेणिराम घिमिरेले लोकार्पण  गरेका  हुन् । 

उनकाे लेखनमा प्रकाशित पछिल्लो ‘श्रीमद्भागवत महापुराण’ लोकार्पणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका शङ्कर नगर स्थिति आफ्नै घरमा श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको हो । नेपाली नरनारीहरूलाई वर्णासन धर्मको महत्त्व बुझाउन तथा भागवतलाई नेपाली जनजीवनमा सकारात्मक पार्ने जीवन र जगतका बारेमा जानकारी दिन ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका अनुवाद ल्याइएको टिकाकार एवं सम्पादक ढकालले बताए । 

विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको यो पुस्तक २ हजार १ सय भन्दा बढी पृष्ठमा प्रकाशित छ । यो पुस्तकको मुलग्रन्थ १२ स्कन्द छन् । त्यस्तै पूर्वाबद्धमा ८ र अत्तराद्र्धमा ४ खण्ड विभाजन गरिएको छ । त्यसै गरी ८ खण्डमा रहेको पूर्वाबद्धमा भगवानको जीवन लीला र ४ खण्डमा रहेको उत्तरार्द्धमा अध्यात्म लीलाको बारेमा वर्णन गरिएको टिकाकार ढकालका साइँला छोरा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सिन्दुमाधव ढकालले जानकारी गराए । 

पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण कार्यक्रममा रमेश समर्थन र दिवाकर ढकालले पुस्तकको समीक्षा  गरेका छन् । 

पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा जन्मिएका टिकाकार ढकालले हालसम्म ६० बढी पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।  ज्येष्ठ पुत्र भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक नवेन्दु ढकालका अनुसार संस्कृतविद्या शिरोमणि प्रा.डा. ढकालका ‘श्रीमद्भागवत महापुराण’ सहित ‘शैलेश’, ‘जय ज्योतिष्मती मुमा’, ‘मल्लकाले काष्ठमण्डपो पत्यकायां लिखितता ,  ‘पुराणंमा नारी’ लगायतका कृति प्रकाशित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप