शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘किङ’मार्फत थिएटरमा फर्कँदै शाहरुख

आइतबार, ०२ वैशाख २०८१, ०८ : ५६
आइतबार, ०२ वैशाख २०८१

मुम्बई । अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ । यहीबिचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर दर्शकमाझ आउने तयारीमा छन् ।

शाहरुखलाई बलिउडमा ‘किङ खान’का रुपमा चिनिन्छ । यही कारण पनि उनले फिल्मको नाम ‘किङ’ राखिएको फिल्म विश्लेषकहरूको दाबी छ । यही फिल्मबाट शाहरुख पुत्री सुहाना खान पनि ‘थिएट्रिकल डेब्यू’ गर्दै छिन् । फिल्ममा सुजोय घोषको निर्देशन हुनेछ ।

सन् २०२५ मा रिलिज हुने यो फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ । निर्माताहरू यसै वर्षको गर्मी मौसममा फिल्म फ्लोरमा लैजाने तयारीमा छन् । अहिले निर्माता र निर्देशक फिल्मको कास्टिङमा ध्यान दिइरहेका छन् ।

उनीहरू फिल्ममा शाहरुखसँग भिड्न सक्ने भिलेनको खोजीमा छन् । फिल्मको १२ दिनसम्म एक्सन दृश्य खिचिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप