‘किङ’मार्फत थिएटरमा फर्कँदै शाहरुख
आइतबार, ०२ वैशाख २०८१, ०८ : ५६
मुम्बई । अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ । यहीबिचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर दर्शकमाझ आउने तयारीमा छन् ।
शाहरुखलाई बलिउडमा ‘किङ खान’का रुपमा चिनिन्छ । यही कारण पनि उनले फिल्मको नाम ‘किङ’ राखिएको फिल्म विश्लेषकहरूको दाबी छ । यही फिल्मबाट शाहरुख पुत्री सुहाना खान पनि ‘थिएट्रिकल डेब्यू’ गर्दै छिन् । फिल्ममा सुजोय घोषको निर्देशन हुनेछ ।
सन् २०२५ मा रिलिज हुने यो फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ । निर्माताहरू यसै वर्षको गर्मी मौसममा फिल्म फ्लोरमा लैजाने तयारीमा छन् । अहिले निर्माता र निर्देशक फिल्मको कास्टिङमा ध्यान दिइरहेका छन् ।
उनीहरू फिल्ममा शाहरुखसँग भिड्न सक्ने भिलेनको खोजीमा छन् । फिल्मको १२ दिनसम्म एक्सन दृश्य खिचिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण