सर्वसाधारणका लागि सरकारी बण्डमा लगानी खुला
आइतबार, ०२ वैशाख २०८१, १३ : ५४
काठमाडौँ । सर्वसाधारण नागरिकका लागि सरकारी बण्ड (ऋणपत्र) मा लगानी खुल्ला भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत वार्षिक आन्तरिक ऋण निष्कासन तालिका बमोजिम आर्थिक वर्षका लागि ५ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि आवेदन माग गरेको हो ।
तथापि, यसअघि ऋणपत्र बिक्री खुल्ला मिति २०८० वैशाख २ गते तोकिए पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र निष्कासन तालिका नै परिवर्तन गर्दै ऋणपत्र आवेदन दिने समयावधि दुई महिनाको दिएको हो ।
२०८० वैशाख १ गते बिक्री खुल्ला भएको ऋणपत्रका लागि सर्वसाधारण नागरिकले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन भने असार ४ गते हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण