होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न
काठमाडौँ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।
उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रह्लाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरि ओम सत्य साही अटो सिटी प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरे । प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँका साथै सबै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरूको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्येक क्षेत्र बाट २/२ जना छनोट गरि राष्ट्रिय स्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण