बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न

आइतबार, ०२ वैशाख २०८१, १५ : ००
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।  

उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रह्लाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरि ओम सत्य साही अटो सिटी प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले  तृतीय पुरस्कार प्राप्त गरे । प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँका साथै सबै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।  

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरूको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्येक क्षेत्र बाट २/२ जना छनोट गरि राष्ट्रिय  स्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप