शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक

आइतबार, ०२ वैशाख २०८१, १६ : ४६
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । 

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुने जनाइएको छ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ । 

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जनाको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन् । 

एमालेको विधानअनुसार दुई राष्ट्रिय महाधिवेशनका बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख छ । परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, पार्टीको समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने नेताहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप