मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँक्रो तासेको राम्रो कि नतासेको ?

आइतबार, ०२ वैशाख २०८१, १८ : ०७
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । गर्मीको मौसम सुरु भइसकेको छ । ज्यानलाई शीतल राख्न र शरीरमा पानीको पर्याप्त आपूर्तिका लागि हामीहरू कयौँ चिज खान्छौँ । 

यसैमध्ये एक हो काँक्रो । काँक्रोमा प्रशस्त मात्रामा प्रोटिन, कार्बाेहाइड्रेट, फाइबर, क्याल्सियम, आइरनलगायत तत्त्वहरू पाइन्छ । यी सबैले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ । काँक्रोलाई धेरै मानिसले सलादका रूपमा खाने गर्छन् । तर, काँक्रो बोक्रा ताछेर खाने कि नखाने भन्ने प्रश्न प्रायः हामी सबैको मनमा आउँछ । 

कसैलाई काँक्रो बोक्रा नताछीकन खान मनपर्छ भने कोही भने बोक्रा नताछीकन काँक्रो खाँदैनन् ।  हाम्रो स्वास्थ्यको लागि बोक्रा सहितको काँक्रो फाइदाजनक छ कि बोक्रा ताछेको ? आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ ।

वेबएमडीको रिपोर्टअनुसार काँक्रो बोक्रा नताछीकन त्यत्तिकै खाँदा हाम्रो शरीरले भिटामिन के, भिटामिन सी सहित धेरै खनिज र भिटामिनहरू पाउँछ । जब बोक्रा ताछिन्छ यसको पूरा फाइदा लिन सक्दैनौँ । ध्यान दिनु पर्ने कुरा चाँहि के हो भने अर्ग्यानिक र सफा काँक्रो मात्रै बोक्रा नताछीकन खानुपर्छ ।

काँक्रो खाने सही तरिका:

काँक्रोलाई भण्डारण गर्दा यसमा अप्राकृतिक सिंथेटिक मैन लगाइएको हुन्छ । त्यसैले खानुअघि यसलाई राम्ररी धुनु आवश्यक हुन्छ । नत्र यसले स्वास्थ्यलाई नै हानि पुर्याउन सक्छ । काँक्रोलाई तातो पानीले धोएर खायौँ भने पनि हानिबाट बच्न सकिन्छ ।

तौल घटाउन उपयोगी:

काँक्रोको बोक्रासहित खाँदा यसले छिट्टै तौल घटाउन मद्दत गर्छ । यसरी काँक्रो खाँदा शरीरमा दुई किसिमले काम गर्छ । सबैभन्दा पहिलो त काँक्रोको बोक्राले शरीरमा भएको विषाक्त पदार्थहरूलाई हटाउने अर्थात् डिटक्सिफिकेशनको काम गर्छ । यसले छिटो तौल घटाउन पनि मद्दत गर्छ ।

कब्जियतबाट राहत:

काँक्रोलाई बोक्रासहित खाँदा कब्जियतको समस्याले सताउँदैन । दोस्रो, यसले हाइड्रेशनलाई कायम राख्न मद्दत गर्छ । जसले गर्दा मेटाबोलिक दर सही रहन्छ र कब्जियतको समस्या पनि हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप