एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार गोदावरीमा
काठमाडौँ । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ । एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेन्डाबारे छलफल गरेको गरेको पार्टी महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी छ । उनले भने, ‘हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनिधिहरू २१ सय ५३ जना सहभागी हुनुहुनेछ । त्यस्तै पार्टीका विभिन्न आयोगका प्रतिनिधि पनि सहभागी हुनेछन् ।’
उक्त बैठकमा विभिन्न ६ प्रतिवेदन प्रस्तुत हुने उल्लेख गर्दै महासचिव ज्ञवालीले राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलग अलग प्रतिवेदन प्रस्तुत हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण