रास्वपाका चार मन्त्री चुनावी प्रचारमा इलाम जाने, यस्तो छ कार्यतालिका
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपचुनावको प्रचारमा चार मन्त्रीहरूलाई पठाउने कार्यतालिका तय गरेको छ । सोमबार बसेको उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री मुलुक ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूबिच बैठकले उपनिर्वाचनको प्रचार अभियानको कार्यतालिका तय गरेको हो ।
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। इलाम–२ मा पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी प्रचार–प्रसारका लागि सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार मन्त्री इलाम जाने महामन्त्री ढकालले बताए । उनका अनुसार लामिछानेले वैशाख ७, ८, ११ र १२ गतेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
यस्तै पार्टी सहमहामन्त्री तथा शिक्षा मन्त्री सुमना श्रेष्ठ वैशाख ५ र ६ गते चुनावी घरदैलो र कोणसभामा सहभागी हुनेछिन्। रास्वपा संसदीय दलका उपनेता समेत रहेका खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ वैशाख ९ र १० गते इलाम जाने उनले बताए ।
उनका अनुसार श्रम मन्त्री डीपी अर्यालले ११ र १२ गतेको सभालाई सम्बोधन गर्ने कार्यतालिका छ। चुनावी कार्यक्रममा जाँदा मन्त्रीहरूले सरकारी सुविधा प्रयोग नगर्ने महामन्त्री ढकालले बताए।
बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको महामन्त्री ढकालले बताए। रास्वपाले प्रत्येक साता मन्त्रीहरूसँग सामूहिक रूपमा छलफल गर्ने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण