मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नाउपाबाट नेपाल सद‍्भावना पार्टी छुट्टियो

सोमबार, ०३ वैशाख २०८१, १९ : ०७
सोमबार, ०३ वैशाख २०८१

धनगढी । नेपाल सद‍्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ ।

गरिएको सहमति पूरा नगरेको र श्रीमान् र श्रीमतीको विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद‍्भावना पार्टी अलग भएको हो ।

नेपाल सद‍्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ ।

नाउपा र नेपाल सद्भावना पार्टीबिच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो ।

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप