मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको नयाँ शाखा विस्तार

सोमबार, ०३ वैशाख २०८१, २० : ५८
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आप्mनो ३०२ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ ।  नयाँगाउँ  शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत  शान्ती शेरचन गौचनले गरेको बैंकले जनाएको छ ।

बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप