झुक्किएर गलत जोडीको सम्बन्ध विच्छेद
लन्डन । लन्डनमा ल फर्मका एक वकिलले गरेको सामान्य त्रुटिका कारण गलत जोडीको सम्बन्ध विच्छेद भएको छ । लन्डनको चर्चित ल फर्म भाड्र्यागका एक जना वकिलले सम्बन्ध विच्छेद गराउन झुक्किएर गलत नाम छानेका थिए । पीडित जोडीले सम्बन्ध विच्छेदको फैसला उल्ट्याउन गरेको अनुरोध वरिष्ठ न्यायाधीशले अस्वीकार गरेका छन् ।
सन् २०२३ मा सम्बन्ध विच्छेद नहुँदासम्म विलियम्स थरका ती जोडी २१ वर्षदेखि विवाह बन्धनमा थिए । भाड्र्यागका एक वकिलले झुक्किएर सम्बन्ध विच्छेदको अन्तिम फैसलाका लागि अनलाइन पोर्टलमा उनीहरूको नाम छान्दा जोडी पारपाचुकेपछिको वित्तीय सहमति कस्तो हुने भन्ने प्रक्रियामै थिए । तर २१ मिनेटमै उनीहरूको सम्बन्ध विच्छेद भयो ।
सम्बन्ध विच्छेदबारे अन्तिम निर्णयप्रतिको सर्वसाधारणको विश्वास बढी महत्त्वपूर्ण भन्दै यस त्रुटिलाई उल्ट्याउन गरेको सबै प्रयासलाई न्यायाधीशले अस्वीकार गरेका थिए । ल फर्मले सम्बन्ध विच्छेदको फैसला भएको २ दिनपछि मात्रै गलत नाम परेको थाहा पाएको थियो । सम्बन्ध विच्छेद गराइएको जोडी सबन्ध विच्छेदको लागि तयार भइसकेका थिएनन् । वकिललले गरेको त्रुटिकै कारण कसैको सम्बन्ध विच्छेद गरिनु नहुने ल फर्मकी प्रमुख आयशा भाड्र्यागले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण