दुई प्रदेश प्रमुखबिच भेटवार्ता, समन्वय र सहकार्यमा जोड
मङ्गलबार, ०४ वैशाख २०८१, २० : ४३
धनगढी । सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रदेश प्रमुखबिच मंगलबार भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नाजिर मियाँ र गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टबिच धनगढीमा भेटवार्ता भएको हो ।
भेटवार्तामा दुवै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरी अगाडि बढ्ने विषयमा छलफल भएको थियो । दुवै प्रदेश प्रमुखले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नेमा जोड दिएका थिए । दुवै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।
गण्डकी प्रदेश प्रमुख भट्टको गृह नगर धनगढी हो । आफ्नो गृह प्रदेशमा प्रमुख भएर आएको भन्दै सुदूरपश्चिमका प्रमुख मियाँलाई गण्डकीका प्रमुख भट्टले स्वागत समेत गरेका थिए । उनले गण्डकी भ्रमणको निम्तो समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण