मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई प्रदेश प्रमुखबिच भेटवार्ता, समन्वय र सहकार्यमा जोड

मङ्गलबार, ०४ वैशाख २०८१, २० : ४३
मङ्गलबार, ०४ वैशाख २०८१

धनगढी । सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रदेश प्रमुखबिच मंगलबार भेटवार्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नाजिर मियाँ र गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टबिच धनगढीमा भेटवार्ता भएको हो ।

भेटवार्तामा दुवै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरी अगाडि बढ्ने विषयमा छलफल भएको थियो । दुवै प्रदेश प्रमुखले संविधान कार्यान्वयन गर्दै  अगाडि बढ्नेमा जोड दिएका थिए ।  दुवै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।

गण्डकी प्रदेश प्रमुख भट्टको गृह नगर धनगढी हो  । आफ्नो गृह प्रदेशमा प्रमुख भएर आएको भन्दै सुदूरपश्चिमका प्रमुख मियाँलाई गण्डकीका प्रमुख भट्टले स्वागत समेत गरेका थिए । उनले गण्डकी भ्रमणको निम्तो समेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप