लोकसभा निर्वाचनकाे तयारी : आम आदमी पार्टीले ल्यायो ‘आपका राम राज्य’
नयाँ दिल्ली । आशन्न लोकसभा निर्वाचनको तयारीका क्रममा राम नवमीका अवसर पारेर आम आद्मी पार्टीले ‘आपका रामराज्य’ नामक वेभसाइटको शुभारम्भ गरेको छ ।
भगवान रामको रामराज्यको प्रेरणाबाट भारतको दिल्ली र पञ्जाबमा राम्रो काम भएको प्रदर्शन गर्ने ध्येयले सञ्चालनमा ल्याइएको वेभसाइट शुभारम्भका लागि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका वरिष्ठ नेता सञ्जय सिंह, अतिषी, सौरभ भारद्वाज र जस्मिन शाहले सम्बोधन गरे । सांसद सञ्जय सिंहले आफ्नो पार्टीको सरकारले गत दसय वर्षमा रामराज्य महसुस हुने गरी काम गरेको जिकिर गर्दै यी उदाहरणलाई विश्वमाझ प्रस्तुत गरिएको बताए ।
सो पार्टीले जनमतका आधारमा अरविन्द केजरीवालको नेतृत्वमा दिल्ली र भगवन्त मानको नेतृत्वमा पञ्जाबमा सरकार सञ्चालन गरिरहेको छ । “दिल्ली एकमात्र त्यस्तो राज्य हो, जहाँ धेरै काम हुँदा हुँदै पनि नाफामूलक बजेट कार्यान्वयनमा रहेको छ । यसबाट हामी हाम्रो राम राज्यको सोचलाई कार्यान्वयन तहमा पूरा गराउन प्रतिबद्ध छौँ देखिएको छ ।’’, नेता सिंहले भने, “जसले हाम्रो राम राज्य हेर्न चाहन्छन् । उनीहरुले यो वेभसाइट हेर्नैपर्छ । दिल्ली र पञ्जाबमा हामीले के गर्यौँ भन्ने सबै कुरा यहाँबाट पाउन सकिन्छ ।’’
सो पार्टीका नेता अतिषीले भगवान रामले राम राज्यका लागि धेरै सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै केजरीवालले जनतामाझ आफ्ना प्रतिबद्धता पूरा गर्न पनि दिल्ली र पञ्जाबमा त्यस्तै सङ्घर्ष गर्नुपरेको बताए । उनले भने, “भगवान रामले १४ वर्षको निर्वासित जीवन बिताउनुभयो तर उहाँले आफ्नो सत्यको सङ्कल्प तोड्नु भएन । केजरीवाल त्यस्तै सङ्घर्षको चरणबाट अघि बढ्नुभएको छ । यस वेभसाइटबाट हामी देशका जनतालाई यदि सही ठाउँमा जनताले मत दिएमा जीवनस्तर परिवर्तनका लागि हामी के गछौँ भनेर देखाउन खोजेका छौँ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण