इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
काठमाडौँ । यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन लागेको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा खटिएका छन् । आयोगले बुधबार ती क्षेत्रका लागि मतपत्र छपाई गरेर पठाइसकेको छ । आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि विभिन्न तहमा संयन्त्र बनाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए ।
शर्माले भने– ‘आचारसंहिता अनुगमनका लागि आचार संहिता २०७९ अनुसार विभिन्न संयन्त्रहरू बनाइएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुखहरू रहने गरी एउटा समिति रहेको छ । आचारसंहिता अनुगमन अधिकृतको रूपमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई आयोगले तोकेको छ । जिल्लामा आचारसंहिता उल्लङ्घनका काम भएमा तत्काल अनुगमन गर्ने, रोक्ने, बन्द गर्न आदेश दिने र कारबाही गर्नुपर्यो भने आयोगमा सिफारिस गरेर पठाउने काम गर्छ ।’
यस्तै आयोगबाट निर्वाचन आयुक्तको संयोजकत्वमा एउटा समिति रहेको र आयोगका विभिन्न तहका कर्मचारीहरू समेत अनुगमनमा गइरहेको प्रवक्ता पौड्यालले जानकारी दिए ।
उनले भने– ‘मंगलबार आयोगले जिल्लास्थित आचारसंहिता अनुगम समितिलाई निर्देशन दिएको छ । आयोगमा पनि सामाजिक सञ्जालमार्फत हुने भ्रामक अभिव्यक्ति, द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिहरूको सन्दर्भमा त्यस्ता सामाजिक सञ्जाल अनुगमन गर्नका लागि एउटा कमिटी गठन पनि भएको छ ।’
यस्तै निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्न आमसञ्चार माध्यमलाई निगरानी गर्नका लागि आयोगले प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण