एसीसी प्रिमियर कप क्रिकेट : प्रतिस जिसीले नै लिए साउदी अरेबियाको चौथो विकेट
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाको चौथो विकेट लिएको छ । साउदी अरेबियाको चौथो विकेट प्रतिस जिसीले लिएका हुन् ।
प्रतिसले साउदी अरेबियाका ब्याट्सम्यान अब्दुल वाहिदलाई एलबीडब्लूको धरापमा पारे । पेभेलियन फर्किनुअघि अब्दुल वाहिदले केवल १६ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ३७ रन बनाएका थिए । ५.४ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले ५५ रन बनाएको छ ।
साउदी अरेबियाको तेस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले साउदी अरेबियाका ब्याट्सम्यान वाजी उल हसनलाई तीन रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । चौथो ओभरको अन्तिम बलमा वाजी उल हसन आउट हुँदा साउदी अरेबियाले ४२ रन बनाएको थियो ।
साउदी अरेबियाको दोस्रो विकेट पनि करण केसीले लिएका थिए । करणले साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । २.१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको थियो ।
साउदी अरेबियाको पहिलो विकेट पनि करण केसीले नै लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको थियो ।
नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल आठ–आठ ओभरमा खेलाइँदै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो ।
नेपाली टोली यसअघि नै समूह विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ । नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण