मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

एसीसी प्रिमियर कप क्रिकेट : प्रतिस जिसीले नै लिए साउदी अरेबियाको चौथो विकेट

बुधबार, ०५ वैशाख २०८१, १४ : ५०
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाको चौथो विकेट लिएको छ । साउदी अरेबियाको चौथो विकेट प्रतिस जिसीले लिएका हुन् । 

प्रतिसले साउदी अरेबियाका ब्याट्सम्यान अब्दुल वाहिदलाई एलबीडब्लूको धरापमा पारे । पेभेलियन फर्किनुअघि अब्दुल वाहिदले केवल १६ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ३७ रन बनाएका थिए । ५.४ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले ५५ रन बनाएको छ । 

साउदी अरेबियाको तेस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले साउदी अरेबियाका ब्याट्सम्यान वाजी उल हसनलाई तीन रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । चौथो ओभरको अन्तिम बलमा वाजी उल हसन आउट हुँदा साउदी अरेबियाले ४२ रन बनाएको थियो ।  

साउदी अरेबियाको दोस्रो विकेट पनि करण केसीले लिएका थिए । करणले साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । २.१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको थियो ।

साउदी अरेबियाको पहिलो विकेट पनि करण केसीले नै लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको थियो । 

नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल आठ–आठ ओभरमा खेलाइँदै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो । 

नेपाली टोली यसअघि नै समूह विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ । नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप