पृथ्वीनारायण शाहपछिका शासकहरूले साझा नेपाल बनाउन सकेनन् : राजेन्द्र महतो
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन् । बुधवार काठमाडौँमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए ।
उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल बनाउन नसकेको बताए । उनले १०४ वर्षे जहानियाँ शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए ।
उनले भने, ‘यो देश कानुन बन्दाखेरी नै वान नेशन, वान स्टेटेड थेउरीमा नेपाल बनेकै थिएन । यहाँ जबरजस्ती नेपाल चलाउन खोज्यो । अप्राकृतिक ढंगले नेपालको शासन र संविधान बनाउन र चलाउने काम भयो । यो देश बन्दाखेरी नै विभिन्न पहिचानहरू मिलाएर बनेको नेपाल हो नि त । बाइसे, चौबिसे भनेको होइन । नेपाल बन्नुभन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि । सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि । नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो । तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि ।’
महताेले भने, ‘पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल त खै बनाएको ? साझा फूलबारी खै ? १०४ वर्षे जहानियाँ एकल फूलबारी भयो । एकल फूलबारी बन्यो । त्यसपछि वंशीय शासन । ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय फूलबारी । एकल जातीय चिन्तन सोचबाट नेपालको शासन र संविधान बनाएर चलाइएको छ, यो त ठिक भएन नि ।’
नेता महतोले सबैको भाषा, संस्कृति र भेसभुसाको मान्यता हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण