बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुप्रिम सहकारी घोटाला प्रकरण : पक्राउ परेकाहरूको बयान सकियो

बिहीबार, ०६ वैशाख २०८१, १६ : १३
बिहीबार, ०६ वैशाख २०८१

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ । 

जिल्ला अदालत रुपन्देहीमा बिहीबार ४ जनाको  बयान लिएको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो ।  प्रतिवादी २८ जनामध्ये निता थापा मगर,  दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिएको हो ।

पक्राउ परेका ७ जनाको बयान सकिएपछि अब थुनछेक बहस सुरु हुने भएको छ । न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा  वादीको तर्फबाट सरकारी वकिलले बहस गर्ने  जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त राम मरासिनीले बताए ।  

सरकारी वलिकहरुको बहस सकिएपछि  प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप