सुप्रिम सहकारी घोटाला प्रकरण : पक्राउ परेकाहरूको बयान सकियो
बिहीबार, ०६ वैशाख २०८१, १६ : १३
बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा बिहीबार ४ जनाको बयान लिएको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो । प्रतिवादी २८ जनामध्ये निता थापा मगर, दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिएको हो ।
पक्राउ परेका ७ जनाको बयान सकिएपछि अब थुनछेक बहस सुरु हुने भएको छ । न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा वादीको तर्फबाट सरकारी वकिलले बहस गर्ने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त राम मरासिनीले बताए ।
सरकारी वलिकहरुको बहस सकिएपछि प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण