नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई भने– सोडारीलाई हाम्रो समर्थन छैन (पत्रसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै यस्तो बताएका हुन् ।
उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन् ।
उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन् ।
नाउपा अध्यक्ष श्रेष्ठले केही दिनअघि घनश्याम चौधरीलाई दलको नेताबाट हटाउँदै तीन महिनाका लागि पार्टीबाट समेत निलम्बन गरेकी थिइन् । विवादकै बीच प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घले पक्षीय एनआरएनए यूकेमा प्रेम गाहामगरको नेतृत्व
-
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा देखाइयो
-
गिरिजाबाबुले भनेका थिए — ‘राजाको एकपटक खुट्टा चिप्लियो भने फेरि फर्केर आउँदैन’
-
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
-
स्लोभाकियाको झुपडीमा आगलागी, चार बालकसहित पाँच जनाको मृत्यु
-
महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की